सुर्खेतमा मतदाताको संख्या १ लाख ८२ हजार भन्दा बढि पुग्योः २० वटा दल दर्ता ।

0

फागुन-६ सुर्खेतमा २० वटा दलहरु दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।स्थानीय निर्वाचन प्रक्रियामा जान निर्वाचन कार्यालयले तोकेको समयसम्म १८ वटा दल दर्ता भएकोमा समय गुर्जेपछि पनि थप दुर्इ दल दर्ता भएका छन ।जिल्ला निर्वाचन कार्यालयका सुर्खेतका प्रमुख सुनिता थापाले यी दुर्इ दललार्इ निर्वाचनकालागि मान्यता दिने नदिने भन्ने बारे निर्वाचन आयोगले नै निर्णय गर्ने बताउनु भयो ।स्थानीय निर्वाचनमा सहभागी हुन र तयारी गर्नकालागि जिल्ला निर्वाचन कार्यालय, सुर्खेतमा विवरणसहित दलहरु अद्यावधिक भएका हुन्।केन्द्रमा र सम्बन्धित जिल्लामा दर्ता भएका दलमात्र स्थानीय निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ। निर्वाचन नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनाधिकार फोरम ‐लोकतान्त्रिक दर्ता भएका छन्।यस्तै, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल समावेशी पार्टी, पूर्व राष्ट्रसेवक लोकतान्त्रीक पार्टी,अखण्ड नेपाल पार्टी, युनाइटेड ग्रेन अर्गनाइजेशन र नेकपा माले जनसमाजवादी पार्टीले पनि विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ।यस्तै जिल्ला निर्वाचन कार्यालयले सुर्खेतमा ३ हजार १ सय ७४ जनाको नयाँ मतदाता नामावली संकलन गरेको जनाएको छ।कार्यालय गत पुष १७ देखि माघ १७ सम्म गरेको नामावली संकलनमा जिल्लाभर गरी पुरूष १६सय १८ र महिला १५सय ५६ गरी ३ हजार १ सय ७४ जनाको नयाँ मतदाता हुन।योसंगै सुर्खेतमा मतदाताको संख्या १ लाख ८२ हजार ५८८ पुगेको कार्यालयको भनार्इ छ।

 

 

Share.

About Author

Leave A Reply