जुम्लामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयोः एकजना घाइते।

0

फागुन-६ जुम्लामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।  ज्यान गुमाउनेमा बर्दियाको मैनापोखर–८ का तिर्थराम थारु, मुगुको कालै–४ का रंगबहादुर शाही र गंगाशाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्लाबाट नेपालगञ्जकालागि छुटेको ना ६ ख ९३,७२ नम्बरको मिनी ट्रक बड्की–२ कोटिलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।चार जना चढेको मिनी ट्रक नाग्म–गमगडी राजमार्गको सडकबाट तल खसेको प्रहरीको भनार्इ छ ।

 

 

Share.

About Author

Leave A Reply