बाँकेको गाभरमा नयाँ होम स्टे संचालनमा ।

0

फागुन-५ बाँकेको गाभरमा  एक  समारोहकाबिच नयाँ होम स्टेको  उद्घाटन् गरीएको छ ।बाँके क्षेत्र नम्बर ४ का संसाद दल बहादुर सुनारले जिल्लाको  पर्यटन विकासमा होम स्टेले होम महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।होम स्टेको सञ्चालनले पर्यटकलार्इ आकर्षित गर्नुका साथै स्थानियलाइ रोजगार दिन सफल भएको उहाँको भनार्इ छ ।सांसद सुनारले संसाद विकास कोषको बजेटबाट गाभर होम स्टेलाइ पर्यटकिय क्षेत्रको हबको रुपमा विकास गर्नका लागी आफुले पहल गर्ने बताउनु भयो । गाभर भ्यालीका अध्यक्ष कृष्ण चौधरीले हो स्टे क्षेत्रमा  खानेपानी, बाटो तथा विधुतको समस्या रहेको भन्दै समाधानकालागि पहल थाल्न सांसद सुनारसंग  माग गर्नुभएको छ ।नयाँ होम स्टे सञ्चालन भएसंगै गाभर भ्यालीमा हो स्टेको सङ्ख्या ७ पुगेको छ । विशेषगरी थारु तथा मुगाली संस्कृतीलाइ संरक्षण गर्दै होम स्टे सञ्चालन भएका छन् । होम स्टेमा थारु संङ्ग्राहलय, बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, अष्ट्रिज फर्म तथा  थारु बस्ती अवलोकन लगाएत पनि रहेका छन् । कार्यक्रमा पर्यटन कार्यलय बाँकेका प्रमुख  दिपक बुढाथोकी, चिसापानी क्षेत्र पर्यटन प्रवदन क्षेत्रका अध्यक्ष भिम केसी लगायत  पनि सहभागीता रहेको छ ।

Share.

About Author

Leave A Reply