डडेल्धुरामा जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गयोः घाइते ६ जनाको उपचार चल्दै ।

0

 फागुन – ५ डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थीत ठूलोखोलामा बोलेरो जीप दुर्घटना हुदाँ एकै गाबिसका ७ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन । भागेश्वर गाबिसबाट सदरमुकामकालागि छुटेको से १ ज ८३३ नम्बरको बोलेरो जीप दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।२ जनाको उपचारको क्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी प्रेम शाहीले बताउनु भयो ।दुर्घटनामा भागेश्वरका गणेश सार्की, जयानन्द भट्ट र उहाँका छोरा लक्ष्मण भट्ट,का साथै  कामदेव चटौत र नरपति पाण्डेयको घटनास्थलमै मृत्यु भएको  हो । यस्तै उपचारका क्रममा ज्यान गुमाउनेहरुमा भागेश्वर–५ का दिवाकर पाण्डेय र भागेश्वर–७ का पदमबहादुर मल्लको ज्यान गएको प्रहरीले जनाएको छ ।घाइते मध्य मदन साँउदलाई अन्यत्र रेफर गरिएको छ भने अरूको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ९ वटा सिट पास भएको बोलेरोमा गाडी चालक सहित १३ जना  चढेको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल खसेको डिएसपी  शाहीको भनार्इ छ ।

घटनास्थल सदरमुकामबाट करिव ७ किलोमिटर दुरीमा पर्छ।

Share.

About Author

Leave A Reply