जुम्लामा मानसिक रोगका बिरामीको संख्या बढेको तथ्याँक सार्वजनिक ।

0

फगुन-५ जुम्लामा मानसिक रोगका बिरामी सङ्ख्या बर्सेनि बढेको जनार्इएको छ।

सन् २०१४ मा ७८ जना मानसिक रोगका बिरामी देखिएको सन् २०१६ सम्ममा सो सङ्ख्या बढेर २१६ पुगेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँगको समन्वयमा बहुसांस्कृतिक मनोसामाजिक संस्थाले गरेको सर्वेक्षणमा  मानसिक रोगीको सङ्ख्या बढ्दै देखिएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान डा अनुपमङ्गल समालले यसबाट महिला र किशोरी बढी जोखिममा परेका बताउनु भयो । खासगरी २५–३० वर्ष उमेर समूहका युवायुवती मानसिक रोगबाट बढी प्रभावित भएका उहाँको भनार्इ छ।उहाँले बेरोजगारी, गरिबी, चेतनाको कमीका कारण मानसिक रोगीको सङ्ख्या बढेको बताउनु भयो ।भौगोलिक विकटताका कारण मानसिक रोगका बिरामीले समयमै स्वास्थ्य सेवा लिन नपाउनु पनि थप समस्याका रूपमा रहेको छ । मनोवैज्ञानिक विमर्शकर्ता नन्दराज आचार्यले घरेलु तथा लैङ्गिक हिंसा, जातीय विभेद, लागुऔषध दुव्र्यसनी, दाइजो, जारी लगायत सामाजिक कुप्रथाका कारण मानसिक रोगीको सङ्ख्या बढेको बताउँनु भयो

Share.

About Author

Leave A Reply