स्थानिय निकायका कर्मचारीको आन्दोलन लम्बिदा सेवाग्राही मर्कामा

0

फागुन–३ । सुर्खेतसहित देशभरका स्थानिय निकायको कामकाज  ठप्प हुदाँ सेवाग्राही मर्कामा परेका छन। माग पूरा नभएको भन्दै स्थानिय निकायमा कार्यरत कर्मचारीहरुले कामकाज ठप्प पारेपछि सेवाग्राही मर्कामा परेका हुन। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको भन्दै भोलीदेखि अनिश्चित कालकालागि स्थानिय निकायका सेवाहरु ठप्प पार्ने बताएका छन। स्थानिय निकाय कर्मचारी संघर्ष समिति सुर्खेतका प्रवत्ता कुलबहादुर खड्काले आन्दोलनप्रति सरकार गम्भिर नभएको भन्दै सेवा ठप्प पार्नुपर्ने बाध्यता रहेको जिकिर गर्नुभयो। उहाँले सेवाग्राहीको काम रोक्ने पक्षमा आफुहरु नरहेको भन्दै सरकार जिम्मेवार भई माग पुरा गरेमा आन्दोलन फिर्ता लिने बताउनु भयो।

Share.

About Author

Leave A Reply