छैटौं विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयाे

0

फागुन –३ । तपार्इ नै रेडियो, भन्ने नारा सहित छैटौं विश्व रेडियो दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ।विश्वमा सबैभन्दा धेरै जनाको पहुँचमा पुग्न सफल, र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउने गरिएको हो।संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालिएको हो। नेपालमा स्थानिय स्तरका घटनाक्रम, गतिबिधि तथा स्थानिय तहका समस्यालार्इ उठाउन र त्यसप्रति जिम्मेवार निकायको ध्यानकर्षण गराउन एफएम रेडियोहरूको महत्वपूर्ण भुमिका रहेको छ।सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गएपनि रेडियोले आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नु परेको छ।यस्तै संख्यात्मक रूपमा बढी रेडियो संचालनमा रहेपनि त्यस अनुसार धेरैले स्तरिय र प्रभावकारी रूपमा काम गर्न नसकेको बिज्ञहरूको भनार्इ छ।नेपालमा अनौपचारिक रूपमा भोजपुरबाट रेडियो प्रशारण गरिएको भएपनि औपचारिक सुरुवात भने २००७ साल चैत २० गते काठमाडौंबाट भएको पाईन्छ। प्रजातन्त्र रेडियोका नाममा बिराटनगरबाट प्रसारण भईरहेको रेडियो, २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएपछि काठमाडौंमा सारी अहिलेको रेडियो नेपाल बनार्इएको हो। यसैगरी नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो।८८ मेगाहर्ज देखि १ सय ८ मेगाहर्ज निर्धारण गरी रेडियो नेपालले पहिलो पटक एफएम रेडियोको सुरुवात गरेको हो। सूचना तथा सञ्चार मन्त्रालयले अहिले ७ सय ४६ रेडियोले सञ्चालन अनुमती लिएकोमा  करीब ४ सय ५० नियमित प्रसारणमा रहेका जनाएको छ।

Share.

About Author

Leave A Reply