आउँदो बर्षको माघ ७ गतेसम्म तीनै तहको निर्वाचन हुने प्रधानमन्त्री दाहालकाे दाबी

0

फागुन– ३ । निर्वाचन मिति घोषणा नगरेको भन्दै आलोचना खेपिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहलले आउदो बर्षको माघ ७ गतेसम्म तीनै तहको निर्वाचन हुने दाबी गर्नुभएको छ।संविधानमा भएको व्यवस्था अनुसार अबको १ बर्षको भित्र तीनै तहको निर्वाचन गरिसक्ने बताउदै उहाँले बैंशाखको अन्त्यदेखि जेठभित्र स्थानीय तहको चुनाव गर्ने तयारी भर्इरहेको बताउनु भयो।संविधानको कार्यान्वयनको प्रमुख पक्ष संघीयताको कार्यान्वयन भएको भन्दै उहाँले  यसमा सरकार गम्भिर रहेको दाबी पनि गर्नुभयो।प्रधानमन्त्रीले अहिले पनि केही पक्ष संविधान कार्यान्वयनको विपक्षमा लागेको गूनासो गर्दै प्रधानमन्त्रीको हैसियतमा आफूले अहिले पनि परिवर्तनलाई संस्थागत गर्न वैचारिक संघर्ष गरिरहनु परेको बताउनु भयो।

Share.

About Author

Leave A Reply