आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थीको आचार संहिता अनुगमन गर्न समिति गठन .

0

 फागुन १,आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थीको आचार संहिता अनुगमन गर्न समिति गठन भएको छ ।विभिन्न १० वटा विद्यार्थी संगठनको बैठकले महासचिव, महाममन्त्री वा तोकिएका प्रतिनिधि रहेनेगरी अनुगमन समिति बनाएको अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले बताउनु भयो । बैठकले आचार संहिताविपरित केही क्याम्पसमा एकमुष्ठ फर्जी भर्ना गरिएकाले त्यसको छानविन गर्न माग गरेको छ। यस्तै बैठकले केही विद्यार्थी संगठनको दवावमा सुरु हुने निर्वाचन तालिका कार्यान्वयन गर्न त्रिविले आनाकानी गरेको भन्दै जुनसुकै हालतमा पनि तोकिएकै समयमा चुनाव गर्न अनुरोध गरेको छ ।बैठकले चुनावमा भाग लिने, र निर्वाचित हुन पाउने अधिकारको संरक्षण गरिदिन पनि सबैसँग माग गरेको छ ।

Share.

About Author

Leave A Reply