सबै पक्षलाई मिलाएर निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्री दाहलको भनाइः

0

माघ २९ ,प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनु भएको छ।नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा एमाले सहितका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री दाहालले सकेसम्म सबै पक्षलाई मिलाएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको र आवश्यक प्रक्रियासमेत अगाडि बढिरहेको बताउनु भएको हो।संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकायको निर्वाचन गराउने पक्षमा सरकार रहेकाले कुनै पनि आशङ्का नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभयो।दुई पार्टीका शीर्ष नेताबीच भएको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो।निर्वाचन हुन नसके मुलुक विषम राजनीतिक सङ्कटमा फस्ने भएकाले त्यसतर्फ ध्यान दिनसमेत प्रधानमन्त्रीलाई सचेत गराइएको एमाले उपाध्यक्ष, भीम रावलले बताउनु भयो।

Share.

About Author

Leave A Reply