क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित धनगढीमा निजि क्षेत्रबाट क्रिकेट एकेडेमी स्थापनाः

0

माघ २९ ,बालबालिका उमेर तहबाटै क्रिकेटको विकास गर्ने लक्ष्यसहित धनगढीमा निजि क्षेत्रबाट क्रिकेट एकेडेमी स्थापना भएको छ ।धनगढी उपमहानगरपालिका–३,बोराडाँडीस्थित केदार टोलमा स्थापना भएको स्पार्क क्रिकेट प्रशिक्षण केन्द्रले फागुन १ गतेदेखि औपचारिक रुपमा प्रशिक्षण शुरु गर्ने बताएको छ ।बालबालिका तहबाटै क्रिकेटको विकासकालागि आवश्यक प्रशिक्षण दिन एकेडेमीको स्थापना गरिएको स्पार्क एकेडेमीका निर्देशक पदम केसीले बताउनु भयो । ७ लाख रुपैया भन्दा बढीको लगानीमा एकेडेमी स्थापना गरिएको जानकारी दिंदै उहाँले प्रशिक्षणका लागि आवश्यक अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको बताउनु भयो ।

 

 

Share.

About Author

Leave A Reply