लोकमानसिंह विरुद्ध लगाइएका अधिकांश आरोप पुष्टि

0

माघ २६ –सुर्खेत । संसदको महाअभियोग सिफारिस समितिले अख्तियारको प्रमुख आयुक्तमा अयोग्य घोषित भएका लोकमानसिंह कार्की विरुद्ध महाअभियोग लगाउन नपर्ने निष्कर्ष निकालेको छ।  कार्कीलाई महाअभियोग लगाउन मिल्ने/नमिल्ने विषयमा अध्ययन गर्न गठित उप–समितिले समितिमा आज बुझाएको प्रतिवेदनमा पदमुक्त भईसकेका व्यक्तिलाई महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालिएको हो। उप–समिति संयोजक रामनारायण बिडारीले पदमा भएको व्यक्तिलाई मात्र महाअभियोग लाग्ने भएकाले पदमुक्त भएको व्यक्तिलाई नलाग्ने व्यहोरा सहितको प्रतिवेदन बुझाएको बताउनु भयो। कार्की बहाल रहेको बेला दिएको आदेश, लिएका निर्णय र गरेका पत्राचारलाई आधार बनाउँदा उनीमाथि लगाइएको महाअभियोग पुष्टि भएपनि पदमुक्त भईसकेकाले अब अघि बढनु नपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। कार्कीले पदमा रहँदा गरेका गैरकानुनी काम विरुद्ध भने प्रचलित कानुन अनुसार कारवाही गर्न पाउने प्रतिवेदनमा उल्लेख छ।अदालतको मानहानी गरेको, पदीय आचरण विपरित गतिविधि गरेको लगायत विषय समेटी एक सय ५७ जना सांसदले कार्की बिरुद्ध संसदमा महाअभियोग प्रस्ताव पेस गरेका थिए। प्रस्तावमा छलफल चलिरहँदा सर्वोच्च अदालतले कार्की अख्तियारको प्रमुख आयुक्त बन्न अयोग्य रहेको फैसला सुनाएपछि कार्की पदमुक्त भर्इसक्नु भएको छ। समितिको भोली दिउँसो २ बजे बस्ने बैठकले उपसमितिको प्रतिवेदन अनुमोदन गर्ने बिडारीले बताउनु भयो।

Share.

About Author

Leave A Reply