निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक संसदबाट पारित.

0

 माघ १८ ,निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक संसदबाट पारित भएको छ। संसद बैठकले यो विधेयक पारित गरेसँगै चुनावकालागि ३ वटा विधेयक संसदबाट पारित भएका छन्। उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पेश गर्नुभएको विधेयक संसदले पारित गरेको हो।निर्वाचन आयोगको काम, कर्तब्य र अधिकारसम्बन्धी विधेयक र मतदाता नामावाली सम्बन्धी विधेयक भने संसदले यसअघि नै पारित गरिसकेको छ । एक बजेकालागि बोलाइएको व्यवस्थापिका संसदको बैठकमा विधेयक पेश गर्न मन्त्री निधि उपस्थित नभएपछि उहाँलाई बैठक रोकेर नै संसदमा बोलाइएको थियो। राजनीतिक दल र स्थानीय तह निर्वाचनसम्बन्धी दुई वटा विधेयक भने संसदको राज्य ब्यवस्था समितिमा विचाराधिन छ । थ्रेसहोल्ड र स्थानीय तहको निर्वाचनको मितिबारे सहमति जुट्न नसक्दा ती विधेयक समितिले पारित गर्न सकेको छैन ।

Share.

About Author

Leave A Reply