प्रधानमन्त्रीबाट काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीचको संयुक्त बैठक आह्वान.

0

माघ १७,प्रधानमन्त्री पुष्पकमल दाहालले अाज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीचको संयुक्त बैठक बोलाउनु भएको छ ।चुनाव र संविधान संसोधनको बारेमा मोर्चासँग छलफल गरेको एक हप्तापछि फेरि प्रधानमन्त्रीले मोर्चा र काँग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नु भएको हो । प्रधानमन्त्रीले चुनावको मिति घोषणाको तयारीका क्रममा सहमतिको प्रयास स्वरुप  आज बिहान ९ बजे बालुवाटारमा त्रिपक्षीय छलफल बोलाउनु भएको उहाँको नीजि सचिवालयले जनाएको छ । मधेसी मोर्चासँग छलफल गर्नुपूर्व प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवावीच पनि छलफल हुने जनाइएको छ ।

 

Share.

About Author

Leave A Reply