आज विभिन्न कार्यक्रम गरी देशभरि नै सहिद दिवस मनाइँदै,

0

माघ १६ ,आज विभिन्न कार्यक्रम गरी देशभरि नै सहिद दिवस मनाइँदै छ।जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक र लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवन त्यागेका सहिदप्रति सम्मान गर्दै देशभर  दिवस मनाउने गरिन्छ।निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको सम्झनामा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ। वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूले गरेको योगदानको सम्मान तथा सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। तत्कालिन राणा सरकारले विक्रम सम्बत् १९९७ मा  शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो।राष्ट्रका लागि ज्यान अर्पण गरेका सहिदहरुको सपना भने अझै पूरा गर्न नसकेकोमा राजनीतिक दलहरुको आलोचना हुंदै आएको छ। यस्तै, देशमा हाल विभिन्न कारणले ज्यान गुमाउनेहरुलाई पनि सहिद घोषणा गर्ने कार्यले बास्तविक सहिदको अवमूल्यन भएको गुनासो विभिन्न क्षेत्रका ब्यक्तिहरुले गरेका छन् । सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्यके वर्ष सहिद दिवस मनाउन थालिएको हो।

 

 

Share.

About Author

Leave A Reply