स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलार्इ

0

माघ–१३काठमान्डाै। सरकारले यही माघ १५ गतेभित्रै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताएपनि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पेश हुन सकेको छैन। संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रतिवेदन अनुमोदनकालागि मन्त्रिपरिषदमा लैजाने तयारी गरेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले नै रोकेको बतार्इएको छ। प्रधानमन्त्री दाहालले १८ गतेपछि मात्रै यो विषयमा निर्णय गर्न सक्ने भन्दै  तत्काल प्रस्ताव नल्याउन दबाब दिएको जनार्इएको छ। मन्त्री पाण्डेले मन्त्रालयका उच्च अधिकारीलाई आयोग प्रतिवेदन यसैसाता मन्त्रिपरिषदमा लगेर कार्यान्वयनमा ल्याउने र निर्वाचन मिति घोषणा हुने जानकारी गरार्इसकेको अधिकारीहरूले बताएका छन। निर्वाचन आयोगले माघ १५ गतेसम्म निर्वाचनकालागि आवश्यक कानुन पारित र  मिति घोषणा नभए तथा आयोगको प्रतिवेदन कार्यान्वयनमा नल्याइए आउँदो जेठ १५ अगाडि निर्वाचन गराउन नसक्ने भन्दै आएको छ।

Share.

About Author

Leave A Reply