चुनाबको मिति घोषणा भए एमाले संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न लचिलो बन्ने

0

माघ–१३ काठमान्डाै। प्रमुख प्रतिपक्षी नेकपा एमालले  संविधान संशोधनको पूरक प्रस्ताव पारित गर्न लचिलो बन्ने संकेत गरेको छ। एमालले पहिले स्थानीय तह चुनावको मिति घोषणा हुनुपर्ने शर्त राख्दै  पूरक संशोधन प्रस्ताव पारित गर्न आफ्नो दल सकारात्मक बन्न सक्ने केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताउनु भयो। यसअघि गत ८ गते कांग्रेस, एमाले र माओवादी केन्द्रले १५ माघभित्र स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनसँग जोडिएका कानुन पारित गरेर वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने सैद्धान्तिक सहमति गरेका थिए। निर्वाचन घोषणा भएपनि पूरक संशोधन पारित नभएसम्म बाधा–अवरोध हुने स्थिति रह्यो भने एमाले चुनाव गराउने सर्तमा पारित गराउने कुरामा सकारात्मक हुने उहाँको भनार्इ छ। उहाँले मधेशी , मोर्चालाई मनाउनकैलागि  अहिलेको संविधान संशोधन प्रस्ताव पारित गर्न भने एमाले राजी नभएको बताउनु भएको छ। संसदमा संविधान संशोधनको प्रस्ताव पेस भएको एक महिना हुन लाग्दा पनि  प्रमुख प्रतिपक्षी एमालेकै असहमतिका कारण छलफल हुन सकिरहेको छैन।

Share.

About Author

Leave A Reply